नेपालमा कोरोना संक्रमितको संख्या तिन पुग्यो - Crazysaptahik.com

नेपालमा कोरोना संक्रमितको संख्या तिन पुग्यो

क्रेजी साप्ताहिक
काठमाडौं । नेपालमा ३ जनालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । आज टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको एक विरामिको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका हुन ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित खवर