कोरोना संक्रमण देखिएका युवक कतारबाट आएर होटलमा बसेका थिए : स्वास्थ्यमन्त्री मन्त्री ढकाल - Crazysaptahik.com

कोरोना संक्रमण देखिएका युवक कतारबाट आएर होटलमा बसेका थिए : स्वास्थ्यमन्त्री मन्त्री ढकाल


क्रेजी साप्ताहिक काठमाडौं । कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको खुलेको छ । बुधबार भर्चुजल प्रेसमिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएका हुन् ।

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । त्यहाँ संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.