क्रेजी साप्ताहिक
पथरी । भारतको दार्जिलिङबाट आफ्नो बाबु भेट्न आएका ७३ वर्षीय वृद्ध मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट ६ दिनदेखि हराइरहेका छन् ।
यसरी हराउनेमा ७३ वर्षीय हर्कसिंह जबेगु लिम्बू रहेका छन् । उनी पत्नी हर्कमाया लिम्बू सहित मोरङको पथरीशनिश्चरे–३ सृजना टोलमा बस्ने १ सय ४ वर्षीय बाबु मेघध्वज जबेगुलाई भेट्न आएका थिए ।
दार्जिलिङ सुम्बुकबाट चैत्र २ गते नेपाल आएका लिम्बू चैत्र १७ गते साँझ ५ बजे देखि हराएको उनका बुहारी प्रिया लिम्बूले बताइन् । दोकानमा समान किन्छु भनेर गएको हकसिंह अबेरसम्म पनि घर नआएपछि सोही समयदेखि खोजी कार्य भइरहेको बुहारी प्रियाले बताइन् ।
६ दिनदेखि निरन्तर आफन्त छरछिमेकी गाउँहरुमा खोजी गर्दा फेला नपरेको हर्क्सिंहकी पत्नी हर्कमाया लिम्बूले बताए । उनी दार्जिलिङमा पनि कहिलेकाँही घर छाड्ने गरे पनि आफै फिर्ने गरेको पत्नी लिम्बुले जानकारी दिइन् । कोरोनाभाइरस नियन्त्रणको लागि भएको लकडाउनको कारण सवारी साधन प्रशस्त प्रयोग गर्न नपाइएको र घरबाट मानिस ननिस्किने भएकोले पनि भेटाउन समस्या भएको मदन राईले बताए ।
उच्चाई अन्दाजी ५ फिट ४ इन्च भएको लिम्बूले एडिड्यासको कालो ट्¥याक, खरानी रंगको टि सर्ट, खैरो क्याप (नाबुराम) र म्याजिक हाप चप्पल लगाएर हिडेको बताइएको छ । उनको खोजीको लागि स्थानीयवासी लागिरहेका छन् ।
भेटेर बुझाउने जो कोही महानुभावहरुलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने लिम्बुकी छोरी मिनु लिम्बुले बताइन् । आफूलाई भेट्न आएको छोरा हराएपछि १ सय ४ वर्षीय बाबु दिनै रोइरहेका छन् ।