पथरीमा लकडाउनलाई कडाई गरिने - Crazysaptahik.com

पथरीमा लकडाउनलाई कडाई गरिने

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिले दैनिक विहान बेलुका सब्जी, फलफुल पसल खोल्न बन्द गर्ने निर्णय गर्दै लकडाउनलाई कडाई गर्ने भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वको समन्वय समितिको आजको बैठकले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउँदै प्रत्येक साताको शनिवार र मंगलबार मात्र दिउँसो १ बजेदेखि ३ बजेसम्म अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल र दुधजन्य पसल खुला गर्न निर्णय गरेको छ ।

सो समयमा पनि बालबालिका र ज्येष्ठ बाहेकका १ जनामात्र सदस्यले सामान लिन आउनु पर्ने उल्लेख गरिएको छ । साथै पसले र ग्राहकबीच कम्तिमा पनि डेढ मिटरको दुरी कायम गरी अनिवार्यरुपमा मास्क, ग्लोब लगाएर पसलमा व्यवस्था गरिएको साबुनपानीले हात धोएर र सेनिटराइज प्रयोग गरेर मात्र सामान किनबेच गर्न हुन हार्दिक अनुरोध गरिएको छ ।

सो समयमा पनि अनाश्वयक रुपमा हिडडुल गर्ने र तोकिएको लडकडाउनको अन्य समयमा हिडडुल गर्ने र पसल खोल्नेलाई कडा कारबाही हुने व्यवहोरा समेत जानकारी गराइएको छ । लकडाउनको पूर्णरुपमा पालना गर्दै घरभित्रै बसेर आफुपनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मुल मर्मलाई आत्मसाथ गर्न सवैमा अनुरोध गरिएको उल्लेख छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.