
क्रेजी साप्ताहिक
पथरी । लकडाउनका समयमा घरबाट बाहिर निस्कने ७७ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार पथरी शनिश्चरे आसपासमा पछिल्ला दिनमा लकडाउन उलङ्न गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ ।
आजसम्म ७७ वटालाई कारवाही गरिएको डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए । हाल यसरी कारवाही गरिएको मोटरसाइकलहरु अन्ततिर बेलुका छाडिने गरिएको बुझिएको छ । यस विषयमा डिएसपी गिरीसँग प्रश्न गर्दा उलने भने–‘हामीले अब माथिको आदेश आएपछि मात्र कारवाही गरेर छाड्नेछौं ।’
यस्तै लकडाउन उलङ्न गर्नेहरुको सवारी साधनलाई कारवाही के हुन्छ भनेर ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख बलराम सिग्देलसँग सोध्दा उनले अहिलेसम्म केही थाहा नभएको बताए । उनले भने–‘हामीलाई माथिबाट के कारवाही गर्ने भन्ने विषयमा प्रष्ट केही भनिएको छैन । लकडाउनको समय समाप्ती भएपछि मात्र सो बारेमा जानकारी आउँला ।’

