युवा संघद्वारा स्थानीय तहमा पीपीई वितरण - Crazysaptahik.com

युवा संघद्वारा स्थानीय तहमा पीपीई वितरण

क्रेजी साप्ताहिक
पथरी । राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले पथरी शनिश्चरे नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

संघले स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) चार थान र सन ग्लास वितरण गरेको हो । आज सोमबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य बिजय डाँगी, जिल्ला कमिटी सदस्य मनि लिम्बु, पथरी शनिश्चरे नगर सदस्य सन्जिब गिरि, १० नम्बर वडा सदस्य अनोज घिमिरेको उपस्थित नगर प्रमुख दिलिपकुमार राईलाई हस्तान्तरण गरेको हो ।

संघको मोरङ जिल्ला समितिले जिल्लाको १७ वटै स्थानीय तहमा पीपीई बितरण गरेको जिल्ला अध्यक्ष नवीन पौडेलले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.