धनकुटामा बाबुलाई भाला प्रहार गर्ने युवक पक्राउ - Crazysaptahik.com

धनकुटामा बाबुलाई भाला प्रहार गर्ने युवक पक्राउ

क्रेजी साप्ताहिक
धनकुटा । आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका(७ पोस्तके बस्ने विनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले घरायसी विवादमा भालाले ढाडमा प्रहार गरी बुबा गोपाललाई गम्भीर घाइते बताएका थिए । खबर पाउनासाथ पुगेको प्रहरी बिट मौनाबुधुकको टोलीले विनोदलाई पक्राउ गरेको हो ।

भाला प्रहारबाट घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
–अनलाइनखबरबाट

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.