पथरीशनिश्चरेका ९ जना क्वारेन्टाइनबाट घर फर्किए - Crazysaptahik.com

पथरीशनिश्चरेका ९ जना क्वारेन्टाइनबाट घर फर्किए

क्रेजी साप्ताहिक
पथरी । पछिल्लो समयमा विदेशबाट आएका मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका १० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जनालाई कोरोना भाइरसको कुनै संक्रमण नदेखिएपछि घर पठाइएको छ ।

मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइनमा राखिएका १० मध्ये ९ जनालाई शुक्रबार घर फिर्ता गरिएको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले जनाउनु भयो । ९ जनालाई क्वारेन्टाइनबाट जिम्मा लिएर नगर प्रमुख राईले ल्याउनु भएको छ ।

अहिलेसम्म कुनै स्वास्थ्य समस्या नदेखिएका १ जनाको भनें स्वास्थ्य परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.