घरमै बस्न अनुरोध गर्दै नगरको अनुगमन जारी - Crazysaptahik.com

घरमै बस्न अनुरोध गर्दै नगरको अनुगमन जारी

क्रेजी साप्ताहिक
पथरी । कोरोना भाइरसको संक्रमणबाट बच्न घरमै वस्न गरिएको आव्हानलाई अटेर गर्ने नगरवासीमाथि नगरपालिका कार्यालयले दैनिक अनुगमन् गर्दै घरै वस्न अनुरोध गरिरहेको छ ।

यस क्रममा शनिबार पनि वडा नम्वर १ को पथरी बजार क्षेत्रमा अनुगमन् गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुवाईमा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, पथरी उद्योग वाणिज्य संघको प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले औषधि, सब्जी तथा फलफुल पसलको अनुगमन् गरी कडा रुपमा स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिएको छ ।

अत्यावश्यक सामानका रुपमा खाद्यान्न, सागसब्जी, औषधि, फलफुल किन्ने र बेच्नेले अनिवार्य रुपमा मास्क, ग्लोबको प्रयोग गर्ने, साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्न निरन्तर सुझाव दिइएको छ । तोकिएको निश्चित समयमा त्यस्ता सामग्री किनबेच गर्दा भिडभाड नगरी कम्तिमा डेढ मिटरको दुरीमा पसल अगाडि घेरा बनाइदिएर घेरामा रहेका ग्राहकले पालो पालो गरी सामान लिने व्यवस्था मिलाउन सुझाव दिइएको नगर उपप्रमुख वास्तोलाले जनाउनु भयो ।टोलीले नै कतिपय पसलको अगाडि घेरा कोरेर अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन पसल सञ्चालकलाई कडाई गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.