करेन्ट लागेर एक युवकको मृत्यु - Crazysaptahik.com

करेन्ट लागेर एक युवकको मृत्यु

क्रेजी साप्ताहिक
बर्दिवास । करेन्ट लागेर बिहिवार बिहान महोत्तरीमा एक युवककको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–६ का गणेश शाहका २४ वर्षीय छोरा रमेश शाह रहेका छन् । शाहले बिहिवार बिहान आफ्नै खेतमा गाडेर राखिएको फलामको पाईप निकालेर अर्काे पाईपमा जोड्न लागेका थिए । पाईप जोडने क्रममा बिद्युतको तारमा छुन पुग्दा उनी गम्भिर घाईते भएका थिए ।

घाईते उनलाई उपचारका लागि स्थानिय क्लिनिकमा लगिएको थियो । उपचारको क्रममा त्यहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको बताइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.