कञ्चनजंघा दैविप्रकोप व्यवस्थापन समितिद्धारा भुटानी शरणार्थी शिविरमा राहत वितरण - Crazysaptahik.com

कञ्चनजंघा दैविप्रकोप व्यवस्थापन समितिद्धारा भुटानी शरणार्थी शिविरमा राहत वितरण

क्रेजी साप्ताहिक
पथरी । विश्वभरि नै कोरोना भाइरसको आतंक बढिरहे पछी नेपाल सरकारले पनि लकडाउनको समय बैशाख १५ सम्म लम्बाएको छ । यो अवस्थामा न्युन आर्थिक अवस्था भएका जनतालाई जीवन धान्न कठिन भएको छ । यो सँगै मोरङको पथरीशनिश्चरे १० मा बिगत सत्ताइस बर्ष देखी बस्दै आएका भुटानी शरणार्थीहरुलाई अहिले अझ समस्या भएको छ । राहतको अत्यन्त आवश्यकता भएको भुटानी शरणार्थी क्याम्पमा कन्चनजङा दैबि प्रकोप व्यवस्थापन समितिले अती बिपन्न एक सय आठ घरलाई राहत उपलब्ध गराएका छन ।

एकद्धार प्रणाली अन्तर्गत समन्वय गर्दै क्याम्प ब्यवस्थापन समिती मार्फत भएको राहत बितरणमा दुई जना भन्दा सानो परिवारलाई सात केजी चामल, एक लिटर तेल, एक केजी दाल, एक केजी नुन र एक डल्ला साबुन र ठुलो परिवारलाई दश केजी चामल, एक लिटर तेल, एक केजी दाल, एक केजी नुन र एक डल्ला साबुन प्रदान गरिएको छ । यस अघी देखी नै सेनिटाइजर, मार्क्स, ग्लभस लगायतका सामाग्री यस समितिले बितरण गर्दै आएको छ । सोही अवसरमा जिरिखिम्ती निवासी स्थानिय समाजसेवि मदन पोख्रेलले आफ्ना स्वर्गिय पिता हरी प्रशाद पोख्रेलको १५ औ पुण्य तिथिको अवसरमा क्याम्प ब्यवस्थापन समितिलाई ३ क्विन्टल भन्दा बढी नुन उपलब्ध गराएका छन् । करिब रु एक लाख बराबरको राहत बितरण गर्न पथरीशनिश्चरे जिरिखिम्तिका स्थानियबासी तथा समितिको सदस्यहरुबाट संकलन गरिएको समितिका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.