लकडाउन उल्लंघन गर्नेलाई सडकमै ‘पुसअप’ - Crazysaptahik.com

लकडाउन उल्लंघन गर्नेलाई सडकमै ‘पुसअप’

क्रेजी साप्ताहिक
बुटवल । सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने ५० जनालाई भैरहवा प्रहरीले कारवाही गरेको छ । उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनालाई प्रहरीले कारवाही गरेको हो । उनीहरुलाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म (राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताए ।

सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको उनले बताए । ‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा जानेछौं’ उनले भने । प्रहरीको कारबाहि पछि उनीहरु घर फर्किएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.