अर्जुन बुढाथोकी नेतृत्वको राहत न्यूनीकरण उपसमिति विघटन - Crazysaptahik.com

अर्जुन बुढाथोकी नेतृत्वको राहत न्यूनीकरण उपसमिति विघटन

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा शिक्षक अर्जुन बुढाथोकीको संयोजकत्वमा गठन भएको किरोना भाइरस जोखिम न्यूनीकरण समन्वय उपसमिति गठन भएको हप्ता दिनमै विघटन भएको छ ।

राहत न्यूनीकरण समिति हुँदाहुँदै केही व्यक्तिको इच्छा अनुसार उपसमिति बनेको र त्यो समितिको काम नभएकोले विघटन गर्न निर्देशन दिइसकेको किरोना भाइरस जोखिम न्यूनीकरण समन्वय मूल समितिको सदस्य दीपक बस्नेतले जानकारी दिए ।

अर्जुन बुढाथोकी पथरीको पञ्चायत माविको प्रधानाध्यापक पनि हुन् । समिति आवश्यकता भन्दा पनि केही व्यक्तिको इच्छा अनुसार गठन भएकोले विघटनको स्थितिमा पुगेको हो । समिति गत चैत्र २९ गते गठन भएको प्रचार भएको थियो । १५ सदस्यीय समिति गठन हुँदा केही व्यक्तिको इच्छा र स्वार्थ अनुसार गठन भएदेखि नै आन्तरिक विवादमा परेको थियो ।

यस्तै समिति गठन भएपछि कहाँ के कति रकम उठाइयो त्यो पनि सार्वजनिक भएको छैन । समिति विघटन भएकोले अर्जुन बुढाथोकीको संयोजकत्व भएको समिति मार्फत नभइ सिधै उच्च स्तरीय समितिमा रकम जम्मा गर्न समितिले जनाएको छ । समितिको संयोजक अर्जुन बुढाथोकीले विघटनको निर्देशन आएको कारण नगर प्रमुखलाई विघटन गरिदिन भनिसकेको बताए ।

सम्बन्धित खवर