नगरपालिकाद्वारा हसन्दह क्षेत्रमा लकडाउन पूर्ण पालना गर्न अनुरोध - Crazysaptahik.com

नगरपालिकाद्वारा हसन्दह क्षेत्रमा लकडाउन पूर्ण पालना गर्न अनुरोध

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले वडा नम्वर ५ र ६ मा पर्ने हसन्दह क्षेत्रमा लकडाउनलाई पूर्ण रुपमा पालना गर्न र गराउन स्थानीयवासीलाई अनुरोध गरेको छ ।

नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति सदस्य यमुना बिष्ट वास्तोलाको अगुवाईमा हसन्दह बजार एरियामा आज अनुगमन गर्दै लकडाउन पूर्ण रुपमा पालना गर्न स्थानीयलाई अनुरोध गरिएको हो ।

विहान हसन्दह बजार क्षेत्रमा मानिसहरुको भीडभाडका साथ होटल, सहितका पसलहरु सञ्चालन भएपछि टोली त्यहाँ पुगेको थियो । त्यहाँ होटल सञ्चालन नगर्न तथा तोकिएको समयमा खुलाउने खाद्यान्न र सागसब्जी पसलमा पनि भिडभाड नगर्न अनुरोध गरिएको छ ।

५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, प्रहरी, ‘प्रहरीको साथी म’ सहितको टोलीले त्यहाँ सञ्चालनमा रहेका होटल, चिया पसलका साथै सडक क्षेत्रमा अव्यवस्थित भीडभाडमा सञ्चालित सब्जी पसलहरुलाई वन्द गराइएको उपप्रमुख वास्तोलाले बताउनुभयोे ।

सवैलाई अनिवार्य मास्क लगाएर साबुनपानीले हात धोएर मात्र अतिआवश्यकीय खाद्य सामग्री किनबेच गर्नुपर्ने कुरामा थप सचेत गराइएको छ । भारतबाट नेपाल आएकाहरुमा बाँकेको नेपालगञ्जमा कोरोनाको संक्रमण ह्वात्तै बढेको तथा यता पनि भारतको पश्चिम वंगालमा संक्रमण बढ्दै गएको अवस्थामा नजिकै पर्ने नेपाली सिमा क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने भन्दै उहाँले सवैको ध्यानाकर्षण गराउनुभयो । उहाँले सीमा क्षेत्रमा पर्ने पालिकाहरुले पूर्णरुपले आवतजावत रोक्न थप कडाई गर्न आग्रह समेत गर्नुभयो ।

नेपालमा कोरोना संक्रमितको सख्या बढेपछि उच्च सतर्कता अपनाउनु पर्ने आवश्यकता अनुरुप १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनको अगुवाईमा वडाको पथरी बजार क्षेत्रमा पनि अनुगमन् गर्दै लकडाउन पूर्ण रुपमा पालना गर्न अर्नुरोध गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.