मेडिकल एशोशियसनद्वारा ६१ हजार राहत हस्तान्तरण - Crazysaptahik.com

मेडिकल एशोशियसनद्वारा ६१ हजार राहत हस्तान्तरण

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिकाको राहत कोषमा सहयोग संकलन हुने क्रम निरन्तर चलिरहेको छ । यही क्रममा पथरी शनिश्चरे मेडिकल एशोशियसन्ले कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोषमा ६१ हजार रुपैयाँ राहत हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष महेन्द्र दुलाल सहितका पदाधिकारीहरुले नगरपालिकामा पुगेर नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक दिलीपकुमार राईलाई नगद ६१ हजार रकमको चेक हस्तान्तरण गरेका छन् ।

नगदसँगै ८ सय थान मास्क पनि हस्तान्तरण गरिएको संघका सचिव इश्वरी सापकोटाले बताउनु भयो । उता, प्रभु बैंकले यस अघि २५ केजीका १६ बोरा गरी ४ सय केजी चामल राहत स्वरुप नगरमा हस्तान्तरण गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.