प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट महिलाको निधन - Crazysaptahik.com

प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट महिलाको निधन

क्रेजी साप्ताहिक
पथरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको निधन भएको छ ।

बिहिबार कानेपोखरी –७, आइतबारेमा दिउँसो ३ बजे पश्चिम जार्दै गरेको २५ प ३८८९ नम्बरको मोटरसाईकलले साइकल यात्री बेलबारी –८, निवासी शान्ता राजवंशीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । सक्त घाइतेभएकी राजवंशी पथरी अस्पतालमा उपचार क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले जनाए ।

दङ्गा नियन्त्रण कार्यालय दुहवीमा कार्यरत शसस्त्र प्रहरी जवान खगेन्द्र कार्की सवार मोटरसाईकलले ठक्कर दिएका थिए । सो मोटरसाईकलको पछाडि सवार अनिता भण्डारी पनि घाईते भएको प्रहरीले जानकारी दिएको छ ।सवारी र चालकलाई इप्रका पथरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.