
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा सञ्चालित योजनाहरु चुस्तदुरुस्त रुपमा सम्पन्न गर्न सुझाव दिँदै योजनाहरुको नियमित अनुगमन् गरिरहेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा शुक्रबार पनि सदाझैं योजना अनुगमन् गरिएको छ । प्राविधिक सहितको टोलीले लकडाउनको समयमा पनि सामाजिक दूरी कायम गर्दै आज वडा नम्वर ४ स्थित सिरिसेडाँडामा अवस्थित सरस्वती आधारभूत विद्यालयमा २ लाखको लागतमा निर्मित डेढ मिटर उचाई र २३ मिटर लम्वाईको पर्खाल निर्माण कार्यको अनुगमन् गरेको छ ।
यस्तै, वडा नम्वर ८ को मिलनचोक र रायटोल बाटोको ग्राभेलिंग गरी स्तरोन्नती गरिएको १ हजार ९ सय मिटर लम्वाईको योजनाको पनि अनुगमन् भएको छ । त्यस्तै, ९ नम्वर वडाको मेरिगोल्ड स्कूल पश्चिममा २ लाखको लागतमा बाटो ग्राभेल, पुरानो स्वास्थ्यचौकी शनिश्चरे परिसरमा रहेको मन्दिरको १ लाखको लागतमा मर्मत संहार कार्यको पनि अनुगमन् गरिएको छ । ४ नम्वर वडामा ग्राभेलका योजनाहरु पनि अनुगमन् भएको छ ।
टोलीले ९ नम्वरकै धिमाल ग्रामथानको टिनको छानो सहितको कार्यका लागि १ लाखको लागतमा सम्पन्न योजनाको पनि अनुगमन् गरेको छ । यसका साथै टोलीले, निर्माण कार्य थालिएको ८ नम्वर र ९ नम्वर वडा कार्यालय भवनको पनि अनुगमन् गर्दै गुणस्तरीय काम गर्न सुझाव दिएको छ ।

