
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिकाको १० नम्वर वडा कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको बन्दाबन्दी (लकडाउन) को समयमा बैंक पुग्न समस्या भएकाहरुका लागि घर घरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।
वडाध्यक्ष सागर राई सहितको वडा समितिको पहलमा देव विकास बैंकका कर्मचारी र जनप्रतिनिधि मार्फत् वडा नं. १० को टोल टोलमा पुगेर दोस्रो चौमासिक भत्ता लिन बाँकी रहेकाहरुका लागि आजबाट भत्ता उपलब्ध गराउन थालिएको छ ।
कार्यपालिका सदस्य एवम् सो वडाकी सदस्य मैनादेवी फुयाँल आचार्य, बैंकका व्यवस्थापक देवनारायण चौधरी सहितको टोलीले समस्यामा परेकाहरुका लागि स्वास्थ्य सतर्कता अपनाएर सामाजिक दुरी कायम गर्दै भत्ता उपलब्ध गराएको हो ।

