
क्रेजी साप्ताहिक
पथरी । व्रिटिस नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रका उपचाररत २५ जना विपन्न क्षयरोगीलाई आज चामल, दाल सहितको २५ प्रकारको राहत प्याकेज प्रदान गरेको छ ।
ट्रष्टका ज्ञानेन्द्र श्रेष्ठ, जिल्लाका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी सहितको टोलीले पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यमार्फत राहतको प्याकेज प्रदान गरेको हो ।
प्रति परिवार करीव ९ हजार पर्ने खाद्यान्न तथा स्वास्थ्य एवम् सरसफाईका सामग्री प्रदान भएको हो । प्रति परिवार चामल २५ केजी, दाल ५ केजी, चिउरा ५ केजी, खानेतेल ५ लिटर सहितका सामग्री प्रदान भएको छ ।

