युवा नेता डेविडको पहलमा ५५ परिवारलाई राहत - Crazysaptahik.com

युवा नेता डेविडको पहलमा ५५ परिवारलाई राहत

क्रेजी साप्ताहिक
दमक । धेरै समयदेखि भैरहेको लकडाउनका कारण विपन्नको दैनिकी कष्टकर बनेपछि यूवाहरुको समूह आफै राहत बाड्न अग्रसर बनेका छन् ।

राहत वितरणमा सरकारले एकद्वार निति अख्तियार गरेपनि स्थित भयावह बनेपछि झापा दमकका युवा नेता डेविड शाही ठकुरीको पहलमा आज राहत वितरण गरिएको छ ।

दमक वडा नम्बर २ का आर्थिक अवस्था अत्यन्तै दयनीय भएका ५५ घर परिवारलाई विशेष प्याकेज सहितको राहत वितरण गरिएको हो । सामाजिक दुरि कायम राखेर प्रत्येक परिवारलाई ८ केजी चामल, १ केजी नुन, १ पोका तेल, १ केजी दाल, १ केजी चिनी, हात धुने साबुन सहितको राहत वितरण गरिएको थियो ।

दैनिक ज्यालादारी गरेर आफ्नो अनि परिवारको पेट पाल्दै आएका परिवारलाई लामो समयदेखि भएको लकडाउनका कारण संकट उत्पन्न भएको छ, युवा नेता ठकुरीले भने यस्तो बेला आफू बाचेर अरुलाई पनि बचाउन मानव जातिको धर्म हो । सबैले सकेको सहयोग गरेर भोका पेटहरुलाई खाना खुवाउन मद्दत गरौं ।

दिपेश पौडेलको पहलमा जापानबाट ठूलो सयोग प्राप्त भएको साथै रुद्र कार्की, सचिन साक्य, भगवान बस्नेत, सत्यनारायण चौधरी, छत्र डाँगी, रामचन्द्र अधिकारी, मनोज कुमार धिमाल स्थानीय युवा समाजसेवीहरुको महत्वपूर्ण योगदानमा १ लाख बराबरको राहत वितरण गरेको युवा नेता तथा अभियानता डेविड शाही ठकुरीले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.