
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिकाको कोरोना भाइरस जोखिम न्यूनीकरण राहत कोषमा सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे ईलाका समितिको तर्फबाट ७० हजार रुपैयाँ जम्मा हुन गरी चेक हस्तान्तरण गरिएको छ ।
विहिबार (आज) संगठनका अध्यक्ष गणेशकुमार राईद्वारा नगर प्रमुख दिलिपकुमार राईलाई चेक हस्तान्तरण गरिएको थियो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल नाराको साथ र मर्म अनुसार सञ्चालित सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले यो विषम परिस्थितिमा केही न केही योगदान गर्नु पर्छ भन्ने ठानी बसिएको संगठनको अनलाईन बैठकको निर्णय अनुसार राहत कोषमा जम्मा गर्ने गरी पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुमा कार्यरत कर्मचारीबाट स्वेच्छिक रुपमा १ दिन बराबरको तलव संकलन गरिएको हो ।

सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको पेशागत क्षमता अभिवृद्धि र हकहितका लागि निरन्तर सक्रिय रहेको सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे ईलाका समितिको स्थापना वि.सं. २०६४ सालमा भएको थियो ।

