संस्कृत भाषा पठन पाठनको औचित्य बारे आदिवासीको अन्तरक्रिया - Crazysaptahik.com

संस्कृत भाषा पठन पाठनको औचित्य बारे आदिवासीको अन्तरक्रिया

क्रेजी साप्ताहिक
मोरङ । राजनीतिक विस्लेशक तथा भाषा विदहरुले कक्षा १ देखि संस्कृत भाषा पढाइ भए त्यो बिद्यार्थीहरु कै लागि बोझ हुने बताएका छन ।

नेपाल आदिवासी जनजाती महासंघ केन्द्रीय समितिको आज (जेठ(९) गते आयोजित “बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति विषयक“ अन्तरकृया कार्यक्रममा बक्ताहरुले शो कुरा बताएका हुन ।

कार्यक्रममा राजनीति विष्लेशक विस्वभक्त दुलाल (आहुति) भाषा विद टिका भट्टराई र अमृत योन्जन तामाङले बिषय प्रस्तुत गरेका थिए । संघीय सिक्षा मन्त्रालयको योजनामा पाठ्यक्रम बिकाश केन्द्रले संस्कृत बिषय पढाइको लागि कक्षा १ को पुस्तक छापिसकेको छ । संस्कृत बिषय त्यो पनि कक्षा १ देखि पढाइ गर्नु आवस्यक हो वा होइन भन्ने बारेमा नेपालमा बहस भइरहेको छ । राज्यले सबै भाषालाई समान व्यवहार गर्नु पर्ने र संस्कृत भाषालाई अनिवार्य विषय बनाउन नहुने भन्दै विभिन्न संगठनहरुले विरोध समेत जनाइरहेका छन ।

महासंघले आयोजना गरेको अनलाइन जुम प्रविधिमा भएको भर्चुअल अन्तरकृयामा राजनीति बिस्केशक आहुतीले संस्कृत भाषा आफ्नो वा पराई भन्दा पनि आवश्यक हो होइन भन्नेबाट छलफल हुनुपर्ने बताए । आवश्यकताको हिसाबले हालसम्म कुनै बालबालिकाले संस्कृत भाषामा दूध वा अन्य खाध्य बस्तु मागेको नसुनेको आहुतिको भनाइ थियो । कहिले नसुनेको भाषामा पढाइ थाल्नु विध्यार्थी हरुलाई बोझ हुने उनको भनाई थियो ।

कौटिल्याको अर्थनीति बारे संस्कृतमा मात्र नभएर अग्रेजी, नेपाली लगायतको भाषामा पढ्न सकिने आहुतिले बताए । संस्कृत भाषा बिकास गर्नै परे भएकै संस्कृत विस्वविध्यालय लगायत शिक्षालय हरुलाई ब्यवस्थित गरे पुग्ने उनको भनाइ छ ।
“संस्कृत भाषा आर्य समुदायको कार्मकाण्ड बाहेक अन्य कहि प्रयोग हुँदैन“ आहुतीले भने “संस्कृत विश्व बिद्यालयलाई हिन्दू विश्व बिद्यालय बनाए हुन्छ ।“

संस्कृत भाषा आवस्यक नहुँदा नहुँदै जबर्ज्स्ति गर्नु देशलाई पुन हिन्दुकरण गर्नु हो । त्यो देशको लागि ठीक नहुने आहुतिको भनाई छ ।राज्य भाषा शिक्षकको नाममा ब्राह्मणका सन्तानलाई रोजगारी दिने राजनीतिमा लागेको उनको भनाइ छ । सुरुमा एच्छिक भनेर भविस्यमा अनिवार्य बनाउने षडयन्त्र देखिए पनि भएकै संस्कृत बिद्यालयहरुमा बिद्यार्थी घटिरहेकोले देशलाई फाइदा नहुने बिस्लेशक आहुतिले बताए ।

कार्यक्रममा भाषा विद टिका भट्टराईले बालबालिका हरुलाई।सबैभन्दा सजिलो भाषामा शिक्षा दिदा चाडै सिक्ने बताए । संस्कृत भाषा सिकाइ र सिद्धान्तको हिसाबले बालबालिकाको प्रतिकुल हुने बताए । संघीय मन्त्रालयले जबर्जस्त ठेलेर पठाउन खोजेको संस्कृत भाषाको पढाइको औचित्य पुष्टि गर्न नसकिने भट्टराईको भनाइ थियो । अर्का भाषा विद अमृत योन्जनले संविधानमा मातृ भाषा पठन पाठनको ब्यबस्था मिलाउने जिम्मा स्थानीय तहलाई दिएको तर माथिबाट संस्कृत भाषा लाद्न खोज्नु गैर संबैधानिक काम हुने तर्क प्रस्तुत गरे ।

मातृ भाषा हुनलाई त्यो भाषा बोल्ने समुदाय चाहिने तर संस्कृत कसैको मातृ भाषा नभएको योन्जनको भनाइ छ । कुनै एउटा समुदायको भाषा नभएपछि मातृ भाषाको नाममा बिद्यालयहरुमा पठन पाठन गर्नु पनि गैर संबैधानिकहुने उनको भनाइ छ ।
२०६८ को जनगणना संस्कृत भाषा बोल्नेको संख्या १६ सय उल्लेख भएपनी हिन्दु कर्मकाण्ड बाहेक कहि नबोलिले मृत भाषा बिद्यार्थीहरुलाई थोपर्नु नहुने अमृत योन्जनले बताए ।

अनलाइन अन्तक्रियामा महासंघको केन्द्रीय अध्यक्ष जगत बराम, उपाध्यक्ष गोबिन्द छन्त्याल, महासंघको सस्थापक महासचिव (प्रमुख) शुरेश आले मगर, डा. रातामणी राई, डा. लाल राप्चा, किरात राई यायोक्खा केन्द्रीय महासचिव जनक राई, किरात याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापो, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)केन्द्रीय अध्यक्ष ड्न्ड गुरुङ, प्रदेश १ अध्यक्ष अर्जुन जम्नेली राई लगायत देश भित्र र बहिरबाट सय जना सहभागी भएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.