
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिकामा अवस्थित आर्थिक विकास समितिले स्वास्थ्य सतर्कता सहित सामाजिक दूरी कायम गरेर योजनाहरु सञ्चालन गर्ने ४ वटा निर्णय गरेको छ ।
६० प्रतिशत अनुदानमा नगरले जैविक मल वितरणका लागि छुट्याएको १० लाख बजेटमा प्रतिवडा १ लाखका दरले ब्यवसायिक कृषक र ब्यवसायिक कृषक समूहलाइ प्राथमिकता दिइ वितरण गर्ने निर्णय भएको छ । जसमा लाभग्राहीबाट ४० प्रतिशत रकम उठाएर वडाले नै मल खरिद गर्ने निर्णय भएको हो ।
६० प्रतिशत अनुदानमा पशुहरुको जैविक पौष्टिक आहारा वितरणका लागि छुट्याएको ५ लाख बजेटमा प्रतिवडामा समान रुपमा ब्यवसायिक कृषक, ब्यवसायिक कृषक समूह, फर्मलाइ प्राथमिकता दिइ वितरण गर्ने निर्णय भएको छ ।
जसमा लाभग्राहीबाट ४० प्रतिशत रकम उठाएर वडाले नै आहारा खरिद गर्ने निर्णय भएको हो । यसैगरी, पशुपन्छी शाखाबाट स्वीकृत कार्यक्रम बमोजिम ५० हजार रुपैयाको ज्वाइनट भेज घासको बीउ १ नम्बर वडा बाहेक अन्य ९ वडामा समान रुपमा वितरण गरिने बैठकको निर्णय अनुरुप बीउ वितरण थालिएको छ ।
अबको आर्थिक बर्ष २०७७ र ७८ को बजेट तयारीका लागि आर्थिक विकास समितिले मार्गदर्शन तयार गरी नगर योजना समिति समक्ष पेश गर्ने समेत निर्णय भएको छ । बैठक समितिका संयोजक यामप्रसाद गुरागाईको अध्यक्षतामा भएको थियोे ।

