पथरीशनिश्चरेमा हावाहुरीले क्षती - Crazysaptahik.com

पथरीशनिश्चरेमा हावाहुरीले क्षती

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरका दर्जनौं घरमा हावाहुरीले क्षति पु¥याएको छ । गएरातीको हावाहुरीले सवैभन्दा वढी वडा नम्वर ४ को कुशलचौक क्षेत्रमा क्षति पुर्याएको छ । यस्तै हावाहुरीले त्यहाँकी गीता ठकुरीको इँटाको पर्खाल भएको घर पूर्णरुपमा भत्काएको छ ।

राति सुतिरहेको अवस्थामा छानो समेत उडाएर पर्खाल भत्किदा ठकुरी र उहाँका छोरा आइसलाई चोट समेत लागेको छ । त्यसका साथै सो वडाका जानुका तामाङ, कालिबहादुर बस्नेत, पार्वता श्रेष्ठ, लीला आचार्य, मोहन निरौलाको घरको छानो उडाउनुका साथै बेराबारामा समेत क्षति पुगेको छ ।

शिव श्रेष्ठको फर्निचर उद्योगको छानो उडाएको र ब्राइट सनराइज स्कुलको झ्यालको शिशा फुटेको छ । यस्तै वडा नम्बर ६ मा बालकेन्द्रको छानो उडाएको रद्रबहादुर कटुवालको घरको समेत छानो उडाएको छ ।

पथरीशनिश्चरे वडा नं. १० को जागृति टोलको मुहसर वस्तीका २ घर, जिरिखिम्तीको जनक खड्काको कुखुरा फारमको छानोमा क्षति पुर्याएको छ । वडाहरुमा अन्य घरहरुमा पनि हावाहुरीले सामान्य क्षति पुर्याएको छ । मकैबालीमा समेत क्षति पुगेको छ ।

नगर प्रमुख दिलीपकुमार राई (किशोर), उपप्रमुख यमुना बिष्ट बास्तोला, सम्वन्धित वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधि र प्रहरीले आज क्षतिको अवस्थाको अवलोकन गरेको छ ।

 

सम्बन्धित खवर