
श्रीलंकाली क्रिकेट खेलाडी शेहान मधुशांका लागुऔषध हेरोइनसहित पक्राउ परेका छन् ।
आफ्नो डेब्यू खेलमै तीन विकेट लिएर चर्चामा आएका शेहानलाई शनिबार लागुऔषध हेरोइन राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
मध्यम गतिका बलर शेहानलाई अर्का एक साथीसहित शनिबार पक्राउ परेका परेका हुन् । उत्तर–पश्चिम प्रान्तको न्यायलयले उनलाई जुन २ तारिखसम्म हिरासतमा राख्न आदेश दिएको छ ।
लागुऔषधसहित खेलाडी पक्राउ परेपछि श्रीलंका क्रिकेट (एससीएल)ले उनको अनुबन्ध रद्द गर्ने तयारी गरेको छ ।
एससीएलका मुख्य कार्यकारी अधिकारी एसले डिसिल्वाले भने, ‘हामीले यसबारे औपचरिक रुपमा निर्णय गरेका छैनौँ। उनी एक अनुबन्धित खेलाडी हुन्। उनीमाथि लागेको आरोप पुष्टि भयो भने हामी उनको अनुबन्ध रद्द गरेर कारबाही गर्छौँ।
२५ वर्षीय बलर २०१८ मा बंगलादेशविरुद्धको आफ्नो डेब्यू खेलमा तीन विकेट लिएका थिए । उनी वान डे क्रिकेटमा तीन विकेट लिने चौथो खेलाडी हुन् ।
उनले यस खेलमा मशरफे मुर्तजा, रूबेल हुसेन र महमूदुल्लाहलाई लगातारको बलमा आउट गर्दै ह्याट्रिय गर्दै इतिहास रचेका थिए। उनले वान डेका अलवा टी ट्वान्टीका दुई अन्तर्राष्ट्रिय खेल समेत खेलेका छन् ।

