फिल्ड भेरिफिकेशन तथा प्रस्ताव मूल्यांकन र मार्गदर्शन छलफल - Crazysaptahik.com

फिल्ड भेरिफिकेशन तथा प्रस्ताव मूल्यांकन र मार्गदर्शन छलफल

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिले कृषि तथा पशुपंक्षी शाखाबाट आर्थिक वर्ष ०७६/७७ को ४ वटा योजनाको फिल्ड भेरिफिकेशन तथा प्रस्ताव मूल्यांकन गरी प्रस्तावकहरु बुधबार छनौट गरेको छ ।

समितिले फिल्ड भेरिफिकेशन एवम् प्रस्ताव मूल्यांकन गरिसकेपछि समितिका संयोजक यामप्रसाद गुरागाईंको संयोजकत्वको बैठकले अनुदान प्राप्त गर्नेहरुको छनौट गरी निर्णय गरेको हो ।
५० प्रतिशत अनुदानमा च्यापकटरका लागि १०, नयाँपोखरी निर्माण एवम् पुरानो पोखरी सुद्धिकरण अनुदानमा १४ वटा फर्म तथा व्यवसायिक कृषकलाई छनौट गरिएको समितिले जनाएको छ ।

त्यस्तै, अण्डामा आत्मनिर्भर तथा पारिवारिकस्तरमा पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रमतर्फ १० र मोटर बोरिङ जडानका लागि १२ कृषक छनौटमा परेका छन् ।
यस्तै, समितिले वडा तहका लागि जैविक मल तथा पशुपंक्षी पौष्टिक आहारा अनुदान कार्यक्रमका बारेमा बनेको मार्गदर्शनमा वडा सचिवहरुलाई जानकारी गराएको समितिका सदस्य सचिव हेमचन्द्र दहालले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.