
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ मा अहिलेसम्म ३४ जना मानिस पुगेका छन् ।
‘होल्डिङ एरिया’ को रुपमा पथरी बहुमुखी क्याम्पसमा सुरुवात गरिएको ‘क्वारेन्टिन’ मा आजसम्म ३४ जनालाई बसाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताउनुभयो ।
भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा क्याम्पसमा ‘क्वारेन्टिन’ स्थापना गरिएको हो ।
‘क्वारेन्टिन’ का लागि पथरी अस्पतालले १०, कावेली अस्पतालले १० र सुदिप मेडिकलले ४ वटा बेड प्रदान गरेको हो ।

