जाजरकोट बाट सुरु भएको घटना, न्याय न पाए सिंहदरवार जाने छौ - कुबेर घतानी (भिडियो सहित् ) - Crazysaptahik.com

जाजरकोट बाट सुरु भएको घटना, न्याय न पाए सिंहदरवार जाने छौ – कुबेर घतानी (भिडियो सहित् )

पथरी- जाजरकोटमा नवराज विक लगायतको ज्यान जाने गरी भएको घटनाका दोषीहरुलाई कडा कार्वाहीको माग गर्दै देश भरीका विभिन्न स्थानहरुमा बिरोध हुँदै आइरहेको बेला पथरीशनिस्चरे नगरपालिका भित्रका दलित समुदायहरुले पनि बन्दबन्दिको बेला नारा जुलुससहित बिरोध जनाएका छन् ।

 

उक्त बिरोध जुलुसमा दलित अधिकारको क्षेत्रमा सक्रिय संघसंस्थाको उपस्तिथि रहेको थियो । उनीहरुले रुकुम जाजरकोट घट्नाका दोषीलाई कार्वाही गर, मृतकलाई सहिद घोषणा गर, जातीय भेदभावको अन्त्य गर लगायतका चर्का नारा लगायका थिए । हिमाल, पहाड, तराई सवै नेपाली भाईभाई भन्दै जातको आधारमा कसैको ज्यान लिन पाईदैन भन्दै उनीहरुले सम्बन्धित निकायले तुरुन्त दोषीलाई कार्वाही गर्नु पर्ने माग राखेको छन् ।

 

कार्यक्रममा विभिन्न स्थानबाट एक सय भन्दा बढी दलितहरु नाराजुलुसमा सहभागि भएका थिए । उनीहरुले घट्नाका दोषीलाई कार्वाही नहुँदा सम्म आफुहरुको आन्दोलन नरोकिने बताएका छन् । साथै निस्पक्ष छानमिन न भए रुकुम बाट आन्दोलन सुरुगरी सिंह दरबारमा धर्ना दिन जाने कुबेर घतानि बताउछन् ।

 

पश्चिम रुकुमको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव पनि भेरी नदीमै भेटिएको थियो । घटनामा १२ जना घाइते भएका थिए । शनिबार आफ्नी १७ वर्षीया प्रेमिकालाई बेहुलीका रूपमा भगाउन नवराजसहित सोती पुगेका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका भनिएकी किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.