कुटोकोदालोद्वारा क्वारेन्टाइनमा रहेकालाई खीर र सञ्चारकर्मीलाई माक्स वितरण - Crazysaptahik.com

कुटोकोदालोद्वारा क्वारेन्टाइनमा रहेकालाई खीर र सञ्चारकर्मीलाई माक्स वितरण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले पथरी बहुमुखी क्याम्पसमा तयार पारेको क्वारेन्टाइनमा रहेकाहरुलाई कुटो कोदालो सहकारी संस्थाले आज (शुक्रबार) विहानको खाना स्वरुप खीरको व्यवस्था गरेको छ ।

नगरमा नेपालका विभिन्न क्षेत्र र भारतबाट आएका सहित ३५ जना सो क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेकाहरुको दैनिक खानाको स्वाद परिवर्तन समेत हुने र आफूहरुकै उत्पादनको सामाग्रीबाट तयार हुने खीर स्वास्थ्यवद्र्धक हुने भन्दै सो अभियान संचालन गरिएको संस्थाका संयोजक एल. बी. भण्डारीले बताए ।

सामाजिक उत्तरदायीत्व वहनका साथै कोरोना विरुद्धको लडाइँमा नगरलाई सहयोग स्वरुप सो अभियान आयोजना गरिएको भण्डारीको भनाइ छ । लकडाउनको समयमा समेत किसानको बारीबाटै तरकारीलाई बजारसम्म ल्याएर किसानलाई केही हदसम्म राहत महसुस गराउदै आएको सहकारीले उदाहरणीय कार्य गरेको बताउदै कार्यक्रममा उपस्थित नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाले संस्थाको सक्रियताको प्रशंसा गर्नुभयो । साथै क्वारेन्टाइनमा रहेकाहरुलाई खानाको व्यवस्था गरेकोमा आभार समेत प्रकट गर्नुभयो ।

यस्तै पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर समाचार संकलनमा हिड्ने सञ्चारकर्मीहरुका लागि के एन ९५ मास्क पनि संस्थाले वितरण गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राईलाई संस्थाका अध्यक्ष र नगरपालिकाका उपप्रमुख यमुना बिष्ट बास्तोलाले माक्स हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.