
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेको क्वारेन्टिनमा रहेकामध्ये १८ जनाको स्वाव परीक्षण गर्दा सवैमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई मंगलबार घर पठाइएको छ ।
भारतबाट आएका नगरका उनीहरुको स्वाब सोमबार प्रदेशको कोभिड अस्पतालमा पठाइएको थियो । मंगलबार आएको रिपोर्टमा उनीहरु कसैमा पनि कोरोना भाइरस नदेखिएपछि घर पठाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए ।
उनीहरुसँगै नगरका २ जना एम्बुलेन्स चालकको स्वाबमा पनि कोरोना नदेखिएको उहाँले बताए । पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका उनीहरुको विदाईका क्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका साथमा जिल्ला आयुर्वेद चिकित्सालयका स्वास्थ्यकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
उहाँहरुले प्रदेश सरकारको ‘स्वास्थ्य जीवन कार्यक्रम’ अन्तर्गत त्यहाँ स्वास्थ्य सचेतना समेत प्रदान गरिएको छ । सवन्वय समिति प्रमुख पोखरेलका साथै आयुर्वेद टोलीले सधैं स्वास्थ्य सतर्कता अपनाउँदै योग, प्राणायाम गर्ने, खानपानमा ध्यान दिने र आत्मबल बलियो बनाउँदा कोरोना सहितका रोगहरु टाढा भाग्ने जानकारी गराएको छ ।
आयुर्वेद टोलीले गुर्जाे, जेठी मधु जस्ता आयुर्वेदिक औषधि वितरण गर्दै त्यसखाले औषधिको सेवनले कोरोनाको संक्रमणलाई परास्त गर्न प्रतिरोध क्षमता बढ्ने सन्देश प्रवाह गरिएको छ । त्यहाँ रहेकाहरुको विदाईमा नगर प्रमुख दिलिपकुमार राई (किशोर), उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

