
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगर क्षेत्रमा पनि कोरोना भाइरसको जोखिम बढेपछि बढी भिडभाड हुने पथरी बजारमा ठेला रिक्सा सन्चालनमा प्रतिबन्ध लगाइएको छ ।
नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा आज बसेको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले बजारदेखि यलम्बर चोक, बिष्णुचोकदेखि रत्नचोक र पुरानो वाणिज्य बैंकचोकसम्म सामान राखेर बेच्न र सामान ओसार्न ठेला रिक्सा सन्चालनमा प्रतिबन्ध लगाएको हो ।
सिटी रिक्सा सहितका यातायातका साधन भने प्रतिबन्ध नै छन् । अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउदै बिना भिडभाड बिहान ७ देखि बिहान १० बजेसम्म मात्रै अति आवश्यकीय बस्तुका पसल खोल्न जानकारी गराइएको छ ।
नगर प्रवक्ता यामप्रसाद गुरागाइले कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्य सजकता अपनाउन आह्वान गर्दै अतिआवस्यक काममा बाहेक घर बाहिर ननिस्कन र भिडभाड नगर्न नगरवासीमा अनुरोध गरिएको जनाउनु भयो ।
यस्तै, बैठकले नगरले खडा गरेको क्वारेनटिनमा रहेकाहरुका लागि आवश्यकीय सामग्री वितरण गर्न इच्छुकले सिधै वितरण गर्न नमिल्ने र कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिलाइ वितरण गर्न सकिने उल्लेख गरेको छ ।
क्वारेनटिनमा सरसफाइ गर्ने र त्यहाँ ख िटने एम्बुलेन्स चालकलाइ नगरले १ लाख रुपैयाँको उपचार बिमा गराइदिने निर्णय पनि भएको छ ।
कोरोनाको संक्रमणबाट बच्न अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आव्हान गर्दै आफुपनि बच्न र अरुलाई पनि बचाउन सवै लाग्नु पर्ने नगर प्रवक्ता यामप्रसाद गुरागाइले जनाउनु भयो ।
कम्तीमा १ मिटरको सामाजिक दुरी कायम गरेर अति आवश्यक उपभोग्य वस्तुहरु खरिद गर्न परिवारको १ जना मात्र निस्कन अनुरोध गर्नुभयो ।

