पथरी शनिश्चरेका योजनाहरुको अनुगमन - Crazysaptahik.com

पथरी शनिश्चरेका योजनाहरुको अनुगमन

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका योजनाहरुको अनुगमन् कार्य निरन्तर भइरहेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले १ लाख ६४ हजार रुपैयाँको लागतमा वडा नम्वर १० रिंगुवास्थित नवज्योति भजन किर्तन मण्डलीमार्फतको प्रकारेश्वर मन्दिरको मर्मत संहार योजनाको अनुगमन् गरेको छ ।

९ नम्वर वडाको गंगाराम ओझाको घर उत्तर सिंहवाहिनी मावि दक्षिणको बाटोको ग्राभेल सहित नाला खन्ने कामको पनि अनुगमन् भएको छ । ५ लाखको लागत स्टिमेटमा ६ सय मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको बाटो ग्राभेल भएको हो ।

यस्तै ८ नम्वर वडाको मिलनचोक पश्चिममा शिवजी चोक जाने बाटोमा १० लाखको लागतमा कल्भर्ट निर्माण तथा बाटोको दुवैतर्फ माटो पुराई कार्यको पनि अनुगमन् गरिएको छ । ५ नम्वरको कोशेली चोकबाट मानबहादुर थापाको घर जाने बाटोमा ४ लाखको लागतमा ९ सय ५० मिटर लम्वाईको ग्राभेल कार्यको पनि अनुगमन भएको छ ।

नगरपालिकाको सवै वडाहरुमा निर्माणको क्रममा रहेको आधारभूत स्वास्थ्य केन्द्र अन्तर्गत ६ नम्वरमा ६५ लाखको लागतमा निर्माण भइरहेको आधारभूत स्वास्थ्य केन्द्रको पनि टोलीले अनुगमन् गर्दै गुणस्तरीय काम अघि बढाउन निर्देशन गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.