
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये पछिल्लो पटक पीसीआर विधिबाट स्वाब परीक्षणमा १४ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।
भारतबाट घर फर्किइ पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका मध्ये पछिल्लो पटकको परीक्षणमा १४ जनामा कोरोना नदेखिएको नगर प्रमुख दिलीपकुमार राई (किशोर)ले बाउनुभयो ।
त्यस बाहेक नगरका एक जना स्वास्थ्य कर्मचारीको परीक्षणमा पनि नेगेटिभ देखिएको छ । क्याम्पसको क्वारेन्टिनमा रहेकामा यसअघि भएका परीक्षणमा पनि सवै जनाको रिपोर्ट नेगेटिभ नै आएको थियो ।
यसअघि २ जना एम्बुलेन्स चालक सहित २७ जनाको परीक्षणमा कोरोना देखिएन । कोरोना नदेखिएका सवै ३९ जनालाई हालसम्म विदाई गरिएको छ । यस क्रममा सोमबार १४ जनाको विदाई भएको छ ।

