पथरी शनिशचरेमा निरन्तर योजना अनुगमन - Crazysaptahik.com

पथरी शनिशचरेमा निरन्तर योजना अनुगमन


क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे क्षेत्रमा सञ्चालित विकास निर्माणका योजनाहरु दैनिक रुपमा अनुगमन् भइरहेका छन् ।

यस क्रमममा सोमबार पनि नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको टोलीले वडा नम्वर १ मा अवस्थित जोरधाराचौक क्षेत्रमा ड्रेन तथा वालको अनुगमन् गरेको छ । प्रदेश सरकारको विशेष अनुदान अन्तर्गतको १५ लाख रकममा सो योजना सञ्चालन भएको हो ।

टोलीले १ नम्वर वडाकै भूल्केजालपादेवी मन्दिर परिसरमा निर्माणाधीन शौचालय तथा भुल्के पोखरी वरीपरी पेवल विछ्याउने नयाँ योजनाको पनि प्रारम्भिक अनुगमन् गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.