
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको बैठकले असार १० गते हुने नगरसभामार्फत आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट तय गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा बसेको आजको कार्यपालिका बैठकले विषयगत समितिहरुबाट आएका नीति, कार्यक्रम तथा बजेटका सम्वन्धमा छलफल गरी पारित गरेको छ ।
पारित नीति, कार्यक्रम तथा बजेट आगामी असार १० गते हुने नगरसभामा पेश गरिने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो ।

