कानेपोखरीमा दियाली परिवारद्वारा सरस्वतीमा ५० हजारको अक्षयकोष स्थापना - Crazysaptahik.com

कानेपोखरीमा दियाली परिवारद्वारा सरस्वतीमा ५० हजारको अक्षयकोष स्थापना

क्रेजी साप्ताहिक
कोनेपोखरी । कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा काठमाडौं कपनका सुनचाँदी व्यवसायी सुरेन्द्र दियालीले स्वर्गीय हुनुभएको बुबाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

सरस्वती स्कूलका जेहन्दार विद्यार्थीलाई छात्रवृती, शैक्षिक र खेलकुद सामाग्री खरिद गर्न दियाली परिवारले स्वर्गीय हुनुभएको ‘हर्कबहादुर दियाली अक्षयकोष’ स्थापना गरिदिनुभएको हो । अक्षयकोष स्थापना गरिदिनुभएको सुनचाँदी व्यवसायी सुरेन्द्रले सरस्वती स्कूल अध्ययन गर्नुभएको थियो ।

आफु अध्ययन गरेको स्कूलमा स्वर्गीय हुनुभएको बुवाको नाममा जेहन्दार विद्यार्थीहरूलाई पढाइमा अभिरुची बढाउनुको साथै उनीहरूको व्याक्तित्व विकासमा थप टेवा पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो । आउँदा दिनमा यसरीनै आफ्नो तर्फबाट स्कूललाई सहयोग गरेर अगाडी बढने दियालीले बताउनुभयो ।

वि.सं. २०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको शैक्षिक गुणस्तर सुधार गरि नमुना विद्यालयको रूपमा परिचत गराउन भूतपूर्व विद्यार्थीहरूको समूह अहिले लागि परेका छन् । विद्यालयको भौतिक पूर्वाधारको स्तरउन्नती देखि शैक्षिक गुणस्तर सुधारमा लागि परेको स्कूलमा स्थापना भएको अक्षय कोषले ठूलो सहयोग पुग्ने सरस्वती आधरभूत विद्यालय भूतपूर्व विद्यार्थी संगठनका संयोग खगेन्द्र बाराइलीले बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा भूतपूर्व विद्यार्थीको समूह लागि परेकोले सम्पूर्ण मनकारी व्यक्तिहरूलाई सहयोगको लागि भूतपूर्व विद्यार्थी समूहले सार्वजानिक रुपमा अपिल पनि गरेको छ ।

यसअघि पनि कानेपोखरी ६ घर भइ यूकेमा रहनुभएको धन बहादुर लिम्बू र चेत माया लिम्बुले ५० हजारको ‘बुद्ध रानी लिम्बु अक्षयकोष’ स्थापना गरिदिनुभएको छ । उक्त कोषबाट आएको ब्याजले जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृती प्रदान गरिदै आएको स्कूलले जनाएको छ ।

सम्बन्धित खवर