
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–१ मा अवस्थित आरबी ड्रिमल्याण्ड कन्ट्रक्सन कम्पनीले आज पथरी शनिश्चरे नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयलाई फुट सेनिटाइजर प्रदान गरेको छ ।
कम्पनीका प्रोप्राइटर हेमन्त बिष्टले नगर उपप्रमुख यमुना विष्ट बास्तोला र इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई खुट्टाले थिचेर हातले नछोई हातमा प्रयोग गर्न मिल्ने फुट स्प्रिङ स्टेण्ड सहितको सेनिटाइजर हस्तान्तरण गर्नुभयो ।
नगरपालिकाका लागि २ वटा र इलाका प्रहरी कार्यालयका लागि एउटा फुट स्प्रिङ स्टेण्ड सहितको सेनिटाइजर हस्तान्तरण भएको हो ।

