वधस्थलको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन - Crazysaptahik.com

वधस्थलको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे १ मा अवस्थित पथरी बजारमा बन्दै गरेको वधस्थलको कृषि क्षेत्रसँग सम्वन्धित हुने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आज प्रस्तुत भएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नम्वर १ र पथरी शनिश्चरे नगरपालिकाको सहकार्यमा निर्माणाधीन वधस्थल निर्माण सुधार गर्दा कृषि क्षेत्रसँग सम्वन्धित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत भएको हो ।

ग्रेट हिमालयन रिसर्च एण्ड कन्सल्ट प्रालि काठमाडौंमार्फत वातावरण इन्जिनियर आशिष राईले प्रतिवेदन प्रस्तुत गर्नुभयो । नगर पालिका प्रमुख एवम् नगर वातावरण स्रोत संरक्षण समिति संयोजक दिलीपकुमार राई (किशोर)को अध्यक्षतामा सम्पन्न वातावरण तथा विपद व्यवस्थापन समिति सहितका विषयत समिति, वातावरण तथा सरसफाई शाखा सहित सरोकारवालाहरुको सहभागितामा छलफल समेत भएको छ ।

नगर प्रमुख राईले वधस्थलबाट वातावरण प्रदुषण हुन नदिने कुरामा सहज रहँदै नगरको वातावरण संरक्षणका लागि सवै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.