सोमबारे बजारको हाट लाग्ने स्थानमा टहरा निर्माण - Crazysaptahik.com

सोमबारे बजारको हाट लाग्ने स्थानमा टहरा निर्माण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–८ मा अवस्थित सोमबारे बजारको हाट लाग्ने स्थानमा नयाँ टहरा निर्माण कार्य सम्पन्न भएको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ की सांसद कृष्णकुमारी राईको अगुवाईमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १० लाख रुपैयाँको लागतमा ५२ मिटर लम्वाई र १२ फुट चौडाईको टहरा निर्माण सम्पन्न भएको हो ।

२ वटा ब्लकका रुपमा रहेको टहराको भूँइ ढलान सहित ट्रष्ट र त्यसमा रंगीन जस्तापाता लगाइएको सोमबारे बजार व्यवस्थापन समितिका अध्यक्ष नवीनजंग कार्कीले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.