नसर्ने रोगको रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न - Crazysaptahik.com

नसर्ने रोगको रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ईस्वर दुलाल
शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा नसर्ने रोगको रोकथाम सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिका नगर स्वlस्थ्य सह-संयोजक जगत मगरले नियमित स्वास्थ जाँच गर्न जरुरी रहेको जसले गर्दा कसलाई के रोग लागेको छ भन्ने कुरा थाहा हुने बताए । अहिले नसर्ने रोग बढेर गएको छ । यसलाई रोकथाम गर्न आहार विहारमा ध्यान दिन जरुरी रहेको डाक्टर मगरले बताए ।

अहिले समाजमा सरुवा रोग भन्दा पनि नसर्न रोग समस्याको रुपमा देखापरेको पथरी शनिश्चरे नगरपालिका नगर अस्पतालका डाक्टर सावन मेहेताले बताए । पहिला धनीको रोगबाट चिनिने नसर्न रोगले गरिब देशलाई पनि नछोडेको हुदा यसबारे सबै सचेत रहन आवश्यक रहेको मेहेताले बताए ।

अहिले विकसित देशमा भन्दा अविकसित देशमा मृत्यु वृद्धिदर बढीरहेको तथ्यांकमा देखिएको कुरा कार्यक्रममा बोल्दै मेहेताले जानकारी गराए । नेपाल सरकार स्वास्थ मन्त्रालयले सन् २०२५ सम्ममा नसर्ने रोगको मृत्यु दर २५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

कार्यक्रमको अध्यक्षता पथरी शनिश्चरे नगरपालिका वडा न. ८ का वडा अध्यक्ष बाबुराम दाहलले गरेका थिए । कार्यक्रममा स्वगत मन्तब्य शनिस्चरे स्वस्थ्य चौकीका प्रमुख प्रकाश कार्कीको रहेको थियो ।

कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा न. ८ का वडा अध्यक्ष बाबुराम दाहाल, वडा न. ८ का सचिव लिलाराज भट्टराई, वडा न. ९ का सदस्यस् कुरूक्षेत्र नेपाल, निर्मला गदाल तगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम शनिश्चरे स्वस्थ्य चौकीको सभाहलमा भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.