
ईस्वर दुलाल
शनिश्चरे । जेठ १२ गते आएको हावाहुरीबाट प्रभाबित भएका वडाका ३३ घर परिवारलाई पथरी शनिश्चरे वडा न. ४ ले राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।
सामान्य क्षति भएका परिवारलाई दुई हजार, आंशिक क्षेति भएकालाई तीन हजार र पूर्णरुपमा क्षति भएका परिवारलाई ५ हजारका दरले जम्मा एकलाख दशहजार बराबरको आर्थिक सहयोग गरेको हो ।
प्रहरी मुजुल्का अनुसार क्षति भएका घर परिवारहरुलाई आर्थिक सहयोग गरेको वडा अध्यक्ष गोबिन्द बहादुर भण्डारीले जानकारी दिए । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले भने– वडाले गरेको उक्त सहयोगबाट हावाहुरी प्रभावित परिवारले नगरबाट आएको टिन छाउनका लागि ज्याला तथा आवश्यक सामाग्री काटी, कब्जा लगायत खरिद गर्न सहयोग पुग्ने बताए ।

हावाहुरीबाट प्रभावित भएकी कमला श्रेष्ठ भन्छिन् – नगर र वडाको यो सहयोगले धेरै राहत पुगेको छ । सम्पूर्ण जनप्रतिनिधिहरुलाई विशेष धन्यवाद । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा न ४ वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी, वडा सदस्यहरु तुलसा दर्जी, खड्गबहादुर मगर, अम्बर बराईली, दिलु मगर, वडा सचिव ललिता लिम्बु, कुशेचौरी प्रहरी कार्यालका प्रमुख नगेन्द्र थेबे लगायतको उपस्थिति रहेको थियो ।

