माछा पालन सम्वन्धी ३ दिने निःशुल्क तालिम - Crazysaptahik.com

माछा पालन सम्वन्धी ३ दिने निःशुल्क तालिम

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरको पशुपंक्षी शाखाले नगरका कृषकहरुका लागि माछा पालन सम्वन्धी ३ दिने निःशुल्क तालिम सम्पन्न गरेको छ ।

वडा नम्वर ६ मा अवस्थित पशुसेवा केन्द्रमा सम्पन्न तालिममा प्रत्येक वडाबाट ३,३ जना कृषक सहभागि भएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए ।

तालिममा सहभागिलाई माछा पालनका लागि आवश्यक चुना, पोटास, भिअक्स सहितका सामग्री वितरण समेत गरिएको थियो । शाखा प्रमुख दहालका साथै शाखाका पर्वत शाह र गणेश शिवाकोटीले तालिमको सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.