मनोसामाजिक परामर्श आवश्यक : उपप्रमुख बास्तोला - Crazysaptahik.com

मनोसामाजिक परामर्श आवश्यक : उपप्रमुख बास्तोला

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कुनै पनि समस्या आए निराश वन्नु भन्दा मनोसामाजिक परामर्शद्वारा समाधान खोजेर निराशारहित जीवन जिउनु पर्ने बताउनु भएको छ ।

उपप्रमुख वास्तोलाले आज (शुक्रबार) वडा नम्वर ९ मा अवस्थित जनचेतना सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्वन्धी ५ दिने आधारभूत तालिमको उद्घाटन् गर्दै सो कुरा बताउनु भएको हो ।

प्रमुख अतिथि वास्तोलाले कुनै पनि समस्याको समाधान हुने भएकाले समस्याको कारण पत्ता लगाएर मानसिक रुपले समेत स्वस्थ वन्नका लागि नगरमा यसखाले तालिम आवश्यक रहेको वताउनु भयो । उहाँले जत्तिसुकै समस्या आएपनि निराश नभई आत्महत्याको बाटो रोज्न नहुने जनाउनुभयो ।

प्रतिमा गुुरुङ र विनिता तिम्सिनाबाट तालिमको सहजिकरण भएको सिकाई केन्द्रका अध्यक्ष गोविन्द कटुवालले जनाउनु भयो । ३० जना सहभागि रहेको तालिमका लागि नगरपालिकाले ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.