पथरी शनिश्चरे–९ मा ५ दिने आधारभूत तालिम - Crazysaptahik.com

पथरी शनिश्चरे–९ मा ५ दिने आधारभूत तालिम

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा वडा नम्वर ९ मा अवस्थित जनचेतना सामुदायिक सिकाई केन्द्रले मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्वन्धी ५ दिने आधारभूत तालिम आज सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई (किशोर)ले समापनका अवसरमा बोल्दै मानिसहरुमा जकडिएर रहेको मनोसामाजिक तथा मानसिक समस्या समाधानका लागि यस किसिमको तालिम आवश्यक बन्दै गएको बताउनुभयो ।

प्रतिमा गुुरुङ, पदम सुवेदी र विनिता तिम्सिनाबाट तालिमको सहजीकरण भएको सिकाई केन्द्रका अध्यक्ष गोविन्द कटुवालले जनाउनु भयो । ३५ जना सहभागि रहेको तालिमका लागि नगरपालिकाले ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.