
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे–३ मा अवस्थित समाजसेवी पुष्प थापा सहितका थापा परिवारले दिवंगत आफन्तको स्मृतिमा ८ लाख बढी रकम खर्च गरेर मलामी विश्रामालयका रुपमा धर्मशाला निर्माण गरिदिएका छन् ।
पुष्प थापाले आफ्नो दिवंगत श्रीमती लक्ष्मीदेवी थापा तथा अन्य थापा परिवारले अन्य दिवंगत आफन्तहरुको स्मृतिमा सुन्दरीचौकमा अवस्थित बक्राहा घाट छेउमा कम्पाउण्ड सहित मलामी विश्रामालयको टहरा र एउटा छुट्टै पक्की फलैंचा समेत निर्माण गरेको हो ।
एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले विश्रामालयको उद्घाटन् गर्दै यस किसिमले समाजसेवाले स्थानीयमा ठूलो प्रभाव पर्ने बताए । सो कार्यक्रममा ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङ सहितले मन्तव्य व्यक्त गरे ।

