पथरीको सुनाखरी माविमा ई–लाइबेरी सुरु - Crazysaptahik.com

पथरीको सुनाखरी माविमा ई–लाइबेरी सुरु

अर्जुन जम्नेली राई
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित सुनाखरी माध्यमिक विद्यालयमा आज (शुक्रबार)देखि ई–लाइबेरी सुरु भएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धी गर्ने उद्देश्यले ई–लाइबेरीसहितको लाइबेरी सुरु गरेको हो । शुक्रबार कार्यक्रमको आयोजना गरि लाइबरी उद्घाटन भएको हो । विद्यालयमा छ वटा डेस्टप कम्प्युटरमा ईन्टरनेट जोडेर ई(लाइबेरी र कक्षा १० सम्मको पाठ्य सामाग्री रहेको विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राईले बताए । विद्यालय बाहेक अर्थशास्त्र, विज्ञान, राजनीति, साहित्य, कृषि लगायतको करिव सात सय पुस्तकहरु रहेको छ ।

विद्यार्थी बाहेक पढ्न चाहने पाठकहरुको लागि पढ्ने बानीको विकास होस भन्ने उद्देश्यले ई–लाइबेरी सहितको विभिन्न प्रकारको पुस्तक राखिएको विद्यालयको प्रधानाध्यापक केशवप्रसाद शर्माले बताए ।

लाइबेरी निर्माणको लागि पथरी शनिश्चरे नगरपालिकाको सहयोग रहेको छ । उद्घाटन कार्यक्राममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, प्रदेश १ मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख रामकुमार बस्नेत, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई लगायतले शुभकामना दिएका थिए ।

प्रदेश १ मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख बस्नेतले बिधालयलाई सहयोग पु¥याउने प्रतिवद्दता ब्यक्त गरे । नगर प्रमुख दिलिपकुमार राईले २७ बर्ष अघि सखुवाको बोक्राको बेराबाट सुरु भएको स्कुल ई–लाइबेरीसम्म आइपुग्नु खुसीको कुरा भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईले सुनाखरी स्कुलमा ढुक्क भएर सुनाखरी विद्यालयमा विद्यार्थी पठाउन आग्रह गरे । करिब पाँच बिगाहा जग्गा भएको सुनाखरी माविको पक्की भवन छ भने कम्पाउण्ड घेराबारा भइसकेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर विकास हुँदै गएपनि आम अभिभावकले विश्वास नगरेको कारण अत्यन्तै निम्न वर्गका समुदायले मात्र छोरा छोरी पठाउने गर्दछन् । करिब तीन सय विद्यार्थी रहेको सुनाखरीमा माविमा अधारभूत तहको ९ जना मात्र शिक्षक रहेको छ । तीन जना पथरी शनिश्चरे नगरपालिका सहितको निजी स्थरबाट राखिएको छ । सरकारी विद्यालयमा ६, ८ मा चार र ८, १० कक्षाको लागि चार जनाको शिक्षक दरबन्दी हुनुपर्नेमा सुनाखरीमा शिक्षक कोटा अत्यन्तै कम रहेको छ ।

प्रदिपकुमार राई लगायतको सहयोगमा १६ वटा कम्युटर राखेर १० वर्ष अघिदेखि कम्पुटर सम्वन्धी शिक्षा दिदै आएका छन । त्यहा १५ लाखको अक्ष कोष समेत खडा भएको छ । गुणस्तरीय शिक्षा प्रदानको लागि सुनाखरी स्कुलको हरेक कक्षा कोठामा सीसी क्यामेरा समेत जडानको लागि पहल भइरहेको विद्यालय व्यवस्थापन अध्यक्ष प्रदिपकुमार राईले बताए ।

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०७७ र ०७८ ले नगरका शिक्षक, निजामती, जनप्रतिनिधि लगायत सम्पूर्ण राष्ट्र सेवक कर्मचारीका छोरा छोरी लगायत सन्तान अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने नीति पास भएको छ ।

“नगरको ईच्छा, प्रभावकारी निःशुल्क शिक्षा’ भन्ने नारा सहित जनप्रतिनिधि र कर्मचारीले अनिवार्य सरकारी बिद्यालयमा पढाउनु पर्ने नीति तथा कार्यक्रम पास भएको हो । नगरपालिकाले यो नीति लागू गरेमा हरेक सरकारी विद्यालयको शैक्षिक स्तर उक्सिने अनुमान गरिएको छ ।

सरकारी विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु आफ्नो छोरा छोरीलाई निजी स्कुलको गेटसम्म पु¥याइदिएर आफू सरकारी विद्यालयमा पढाउन जाँदै आएको अवस्था छ । जनप्रतिनिधिहरु र सरकारी कर्मचारीहरुको अवस्था यस्तै रहेको छ ।

सम्बन्धित खवर