
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–९ मा अवस्थित जनचेतना सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिमको सोमबार एक कार्यक्रमका बीच उद्घाटन् भएको छ ।
नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले तालिम उद्घाटनपछि बोल्दै महिलाहरू आत्मनिर्भर बन्नका लागि यस प्रकारका तालिमहरुको आवश्यकता भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा ९ नम्वर वडा अन्तर्गत कार्यपालिका सदस्य निर्मला गदालले पनि वडामा महिलाहरु आत्मनिर्भर बन्ने कार्यमा वडा कार्यालयको सदैव सहयोग हुने बताउनुभयो ।

नगरपालिका कार्यालय मार्फत् संघीय सरकारको १ लाख रुपैयाँमा तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष गोविन्द कटुवालले जनाउनुभयो । तालिममा सो वडाका ३० जना सहभागीलाई समृता माझीले सहजीकरण गर्नुभएको छ ।

