बाढीका कारण भएको क्षति नगरपालिकाद्वारा अनुगमन - Crazysaptahik.com

बाढीका कारण भएको क्षति नगरपालिकाद्वारा अनुगमन

क्रेजी साप्ताहिक
पथरी । वर्षाका कारण खोला तथा खोल्सीमा आएको बाढीका कारण मोरङको पथरी शनिश्चरे क्षेत्रमा पु¥याएको क्षतिको नगरपालिका कार्यालयले अनुगमन् गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा वक्राहा खोलामा आएको बाढीबाट केही ठाउँमा भएको कटानको अनुगमन् भएको छ । साथै उहाँले संघीय सरकारले सञ्चालन गर्ने दीर्घकालिन तटवन्धको योजन अनुरुप प्रदेशका सांसद सहितको प्राविधिक टोलीलाई बक्राहा क्षेत्रको अवलोकन समेत गराउनु भएको छ ।

जसमा, प्रदेश १ का सांसद लीलाबल्लभ अधिकारी तथा योजना कार्यान्वयन गर्ने निकायका डिभिजन कार्यालयका इन्जिनियर सहितको टोलीले अवलोकन गरेको छ । टोलीले भोली त्यस्तै प्रकारको तटवन्धको योजना रहेको डाँस खोलाको पनि अवलोकन गर्ने नगर प्रमुख राईले बताउनु भयो ।

यस्तै, उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य सहितको टोलीले आज वडा नम्वर १० स्थित डाँस र मोरङ्गी खोलाको कटान क्षेत्रको अनुगमन् गरेको छ । जसमा जिरिजिखिम्ती पुल उत्तर र दक्षिणको जग्गा तथा ऐयावारीको त्रिवेणी चोक पश्चिममा पैनीको बाँध कटान भएको छ ।

यसैगरी, वडा नम्वर २ स्थित छयालिसविघे उत्तरमा लाटीहोली किनारको सुकुम्वासी वस्तीमा पनि केही डुवान भएको क्षेत्रको अनुगमन् भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.