पिएसजीको फराकिलो जित - Crazysaptahik.com

पिएसजीको फराकिलो जित

। फ्रान्सेली च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले मैत्रीपूर्ण खेलमा स्कटिस क्लब सेल्टिकलाई पराकिलो गोलअन्तरले पारजित गरेको छ ।
किलिएन एमबाप्पे, नेमारले गोल गरेको खेलमा पीएसजीले सेल्टिकलाई ४(० ले पराजित गरेको हो ।

मंगलबार राति भएको खेलमा पीएसजीका लागि एमबाप्पे र नेयमारसँगै एन्डर हेरेरा र पाब्लो सारावियाले गोल गरे ।

पीएसजीले दुवै हाफमा समान दुई गोल गरेको थियो । एमबाप्पेले खेलको पहिलो मिनेटमा नै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए भने नेमारले २५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पीएसजीले पूरै टोली परिवर्तन गरेर खेलाएको थियो । तैपिन दुई गोल थप्यो । ४८औं मिनेटमा एन्डर हेरेराले र ६७औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई ४(० को फराकिलो जित दिलाए ।

कोरोना महामारीले मार्च देखि स्थगित भएको फ्रान्सको फुटबल जुलाई पहिलो सातादेखि दर्शकसहित फेरि सुरु भएको छ । फ्रेन्च लिग वान च्याम्पियन पीएसजीले त्यसयता लगातार तीन अभ्यास खेल खेलिसकेको छ । र अभ्यास खेलमा पीएसजीको यो लगातार तेस्रो जित हो ।

पीएसजीले अब फ्रेन्च कपको र कोपा डे लिग कपको फाइनल खेल्दैछ । फाइनलमा सेन्ट इटिएनसँग शनिबार राति प्रतिस्पर्धा गर्दैछ । त्यसपछि अगष्टमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टासँग खेल्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.