पथरी शनिश्चरे ८ द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक - Crazysaptahik.com

पथरी शनिश्चरे ८ द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक

ईस्वर दुलाल
पथरी । मोरङको पथरी शनिश्चरे–८ वडाले वर्षभरिका योजनाका बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी वडाले गत आर्थिक वर्षका योजना र चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमका बारेमा जानकारी दिएको हो ।

गत वर्ष नगरको सिलिङ बजेट १ करोड थियो । सो बजेटबाट ९७ प्रतिशत काम पूरा भएको वडा अध्यक्ष बाबुराम दाहालले जानकारी गराउनुभयो । सतप्रतिशत काम सम्पन्न गर्ने उद्देश्यका साथ लागिपरेको भए पनि विश्व महामारी कोरोनाको कारण लामो समयसम्मको बन्दका कारण ३ प्रतिशत योजना तथा कार्यक्रम सञ्चालन नै गर्न नपाएको अध्यक्ष दाहालले जनाउनुभयो ।

वडाले भौतिक पुर्वाधारतर्फ रु. ६० लाख ५० हजार, सामिजिक विकासतर्फ रु. १८ लाख ५० हजार, कृषितर्फ रु ५ लाख, ससर्तमा १० लाख ,लक्षिततर्फ रु. ६ लाख साथै थप योजनाहरु सिंचाई तथा पैनी ३ लाख, मठ मन्दिर २ लाखका योजनाहरु सम्पन्न गरिसकेको छ ।

यस्तै नगर स्तरीय योजना मध्ये दोहोलु शुक्रबारे सडक कालोपत्रेमा ६० प्रतिशत काम सम्पन्न भइ, हाल कार्य भइरहेको छ । वडा नं ४, ६ र ८ को सिमाना जोडिने कुशल बजार पश्चिम केर्खा खोलाको पुल, मिलन आ. वि., श्री बुद्ध मा. वि. भवन मर्मत कार्य सम्पन्न भइसकेको छ ।

यसैगरी दुर्गा आ.वि. कम्पाउण्ड वाल र गेट निर्माण काम सम्पन्न भइ फर्चोट गर्न बाकीँ रहेको छ । वडा न.८ को भवन निर्माण सम्वन्धी ६० प्रतिशत, वडाकै शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको ३० प्रतिशत काम भइरहेको छ ।

प्रदेश सरकार र संसद कोषबाट श्री बुद्ध मा. बि. जस्तापाता र स्वरस्वती मन्दिर निर्माण, मिलन पलन प्रा. वि. पश्चिम रायाटोल जाने बाटो स्तरोउन्नती, कृष्ण मार्ग र सोमबारे बजार ग्राबेल, सोमबारे बजार टहरा निर्माण कार्य सम्पन्न भइसकेको वडाले जानकारी गरायो ।

सामाजिक विकासतर्फको विपन्न परिवार घर निर्माण, लक्षित तर्फको जेष्ठ नागरिक, आदिवासी जनजाति, दलित, शीर्षकको बजेटको काम नभएको वडा सचिव लिलाराज भट्टराईले जानकारी दिनुभयो ।

वडामा आ.व. ०७६ र ७७ मा ३ लाख १२ हजार ६ सय २५ आयकर संङकलन गरियो । आवमा कार्यलय संन्चालन तर्फ६ लाख ३ हजार ९ सय ९१ रुपैयाँ खर्च भएको वडा सचिव भट्टराईले जानकारी गराए । २ सय जना पुरुष र १ सय ७० जना मिहिलाको पंन्जीका गराइयो ।

वडाले गत वर्ष नागरिकता सिफारिस १ सय २४ वटा, नागरिकता प्रतिलिपी सिफारिस ८४ वटा, नाता प्रमाणित ५८ वटा घरबाटो सिफारिस ५५ वटा गरेको वडा सचिव लिलाराज भट्टराईले जानकारी दिनुभयो । गतवर्ष जम्मा ७ सय ८३ वटा पत्र चलानी गरेको छ । यस्तै घटनादर्तातर्फ जन्मदर्ता ३ सय ७० जना, मृत्यु दर्ता ८३ जना, सम्बन्ध विच्छेद १० वटा, बसाइँसरी आएको १४ परिवार, बसाइँसरी जाने ११ परिवार गरी जम्मा घटना दर्ता ६ सय १० वटा रहेको भट्टराईले जानकारी दिनुभयो ।

यस्तै वडाले गत आर्थिक वर्षमा ३ लाख १२ हजार ६ सय २५ रुपैँया राजश्व संकलन गरेको छ । वडामा एकीकृत सम्पत्ति कर, जग्गाको तिरो लगायतका दस्तुर उठाउने व्यवस्था नभएका कारण अन्य विभिन्न सिफारिसहरु मात्रैबाट राजश्व संकलन हुनेगरेको वडाले जानकारी दिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.